८६५९ जनामा संक्रमण पुष्टि, थप ५८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६१६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । नेपालमा हालसम्म ३ लाख ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भइसकेको छ । काठमाडौँ उपत्यकामात्र ३८२५ जना संक्रमित थपिएका छन् ।

यसमध्ये भक्तपुरमा ४५८, ललितपुरमा ५१८ र काठमाडौँमा २ हजार ८४९ जना संक्रमिण थपिएका हुन् । प्रदेश १ मा झापामा २६९ र मोरङमा २०६ जना संक्रमित थपिएका छन्  भने प्रदेश २ मा पर्सामा १५२ र धनुषामा १४९ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा कास्कीमा २८४, लुम्बिनी प्रदेशमा बाँकेमा ५९१ र रुपन्देहीमा ६८० जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशमा सुर्खेतमा सर्वाधिक १५४ जना संक्रमित भेटिएका छन् भने सुदूरपश्चिम प्रदेशमा कैलालीमा १४५ र कञ्चनपुरमा १४० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १९९३ जना निको भएका छन् । नेपालमा निको हुने नर ८०.६ प्रतिशत रहेको छ । यही अवधिमा थप ५८ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ३ हजार ४७५ जनाले ज्यान गुमाइसकेका छन् ।

Facebook Comments