रुखको हाँगाले लागेर एक युवकको मृत्यु

उदयपुर । उदयपुरमा रुखको हाँगाले लागेर एक युवाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका ७ पानीतारेमा आईतबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाएअनुसार बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिको हाताभित्र रुख काट्नेक्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ बस्ने बर्ष २२ को सरोज राईको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय गाईघाटको कटान आदेशपछि उनी रुख काटन जंगल गएको जिल्ला प्रहरी प्रमुम (एसपी) भिमबहादुर दाहाले बताए । एसपी दाहालका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ । अहिले मृतक राईको शब जिल्ला अस्पताल बोक्सेमा राखिएको छ ।

Facebook Comments