दाईको कुटाईबाट उदयपुरमा भाईको मृत्यु

गाईघाट । उदयपुरमा दाईको कुटपिटबाट भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने बर्ष ३६ को सुखिलाल चौधरी रहेको छ ।

उनको आफ्नै दाई पुलकित चौधरीको कुटाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार सामान्य बिवाद हुदा ५० बर्षिय दाई पुलकितले सुखिलाललाई कुटपिट गरेको थियो ।

कुटपिटबाट घाईते सुखिलालको जिल्ला हस्पिटल उदयपुरमा सामान्य उपचारपछि गोल्डेन हस्पिटलमा लगिएको थियो । उनको उपचारकै क्रममा हस्पिटलमै मृत्यु भएको छ । उनिहरुको सामान्य विबाद हुदा मंगलबार बेलुकी करिब ८ बजे झगडा परेको प्रहरीले जनाए ।

प्रहरीको अनुसार घाईते सुखिलालको बुधबार करिब १२ बजे मृत्यु भएको थियो । अहिले कुटपिट गर्ने पुलकित चौधरीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments