वडाध्यक्ष कपको उपाधी क्रेजी क्लवलाई

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित ‘प्रथम वडाध्यक्षकप–२०७७ को उपाधि क्रेजी स्र्पोटस क्लव श्रीपुरले चुमेको छ । उदयपुर सिमेण्ट उद्योगको खेलमैदानमा शनिबार भएको फाईनल खेलमा आयोजक प्रकृति समाज सुधारलाई टाईबेक्ररमा ३–२ ले पछि पार्दै श्रीपुरले उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुबै समुहले नतिजा निकाल्न नसकेपछि खेल टाईबेक्ररमा पुगेको थियो । उपाधीसंगै श्रीपुरले शिल्ड, मेडलसहित नगद दश हजार पुरस्कार प्राप्त गरेको आयोजक प्रकृति समाज सुधारका अध्यक्ष जीवन गुरुङ्गले बताए । प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको आयोजकले नगद पाँच हजार र मेडल पुरस्कार प्राप्त गरेको छ ।

विजेता र उपविजेतालाई वडाध्यक्ष उद्धवबहादुर थापाले पुरस्कार र शिल्ड प्रदान गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फ गोल हान्ने अवसर चुकाए । पटक–पटक पोल चार्ज गरेपनि दुबै गोलरक्षकले सहजै विफल तुल्याएका थिए । सुरुवातीचरणबाटै आक्रमकरुपमा मैदानमा उत्रिएको आयोजकले धेरै गोल गर्ने अवसर गुमायो ।

विपक्षी खेलाडी आक्रमक अवश्थामा उभिएपछि विजेता श्रीपुर सुरुदेखि नै रक्षात्मक अवश्थामा उभियो । पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेका दुबै टिमले दोस्रो हापमा पनि खासै परिणाम निकाल्न सकेनन् । प्रतियोगिताका म्यान दफ दि म्याच, सर्बोत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डरलाई टफ्रिले सम्मान गरिएको आयोजक संस्थाका पुर्वसचिब प्रमोद घतानीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले खेलाडीको वृतिविकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले युवालाई गोलबन्द गर्दै विकास निर्माणमा सहभागि गराउने लक्ष्य रहेकाले खेलक्षेत्रबाट गोलबन्द हुन आह्वान गरे ।

त्यसैगरी वडाध्यक्ष उद्धव थापाले खेल मैदानको अभावमा खेलक्षेत्रलाई प्रभावकारी बनाउन नसकेको बताउँदै सहयोगका लागि नगरपालिका र उदयपुर सिमेण्ट उद्योगसँग आग्रह गरे । उनले खेल क्षेत्रलाई नियमितता बनाउन वडाले विशेष वजेट व्यवस्थापन गर्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले खेल क्षेत्रले मानिसको जीवनलाई अनुशासित र स्वस्थ राख्ने भएकाले यस्ता गतिविधीलाई निरन्तरता दिनु पर्ने बताए । उनले खेल क्षेत्रका लागि गाउँघरमा योग्य युवाहरु भएपनि अवसर नपाउँदा आफ्ना प्रतिभालाई थाति राख्नु पर्ने अवश्था आएको बताए ।

Facebook Comments