श्रीमती उपचार गरेको अस्पताल गेटसम्म प्रहरीको कुकुर

उदयपुर । उदयपुरमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेपछि घटना अनुसन्धानको लागि प्रहरीले कुकुर परिचालन गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित शिवालयटोल बस्ने बर्ष ६६ को बिरेन्द्र कुमार राईको शंकास्पद मृत्यु भएपछि अनुसन्धानको लागि कुकुर परिचालन गरेको हो ।

नेपाल प्रहरीको संघीय प्रहरी ईकाई कार्यालय धरानबाट “लैला” नामको कुकुरलाई घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार सो कुकुर घटनास्थलबाट गाईघाट बजार, हिमालीटोल, आँखा अस्पताल हुदै जिल्ला अस्पतालको गेटसम्म पुगेको थियो ।

जहाँ मृतकको श्रीमती रिता राई मुखभरी बिष दलिएको अवस्थामा घर बाहिर भेटिएपछि उपचारका लागि जिल्ला अस्पतालमा लागिएको थियो । अस्पताल गेट पुगेपछि केहिछिन अलमलमा परेको कुकुर पुनः जिल्ला प्रहरी कार्यालयतर्फ लम्केको प्रहरीको भनाई छ ।

उनिहरुकाअनुसार प्रहरी कार्यालयमा हत्या आसंकामा केहि व्यक्तिहरुलाई नियन्त्रणमा राखिएको छ । कुकुर परिचालपछि हत्य संलग्नहरुको नजिक पुग थप सहयोग पुगेको एसपी दाहाल बताउछन् ।

मृतक राईको शंकास्पद अवस्थामा आफ्नै घरमा शब फेला परेको थियो । उनको शरीरको बिभिन्न भागमा निलडाम रहेको छ । त्यसैगरि घटना भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मृतक राईको श्रीमतीलाई मुखभरी बिष दलिएको अवस्थामा घर बाहिर भेटेका थिए ।

उनलाई श्रीमानको हत्यपछि बिष सेवन गराएर बार्दलीबाट फालिदिएको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुमान छ । अहिले मृतक राईको शब जिल्ला अस्पतालमा राखिएको छ भने घाईते श्रीमतिलाई जिल्ला अस्पताल उदयपुरबाट थप उपचारको लागि बिराटनगर लागिएको छ ।

Facebook Comments