उदयपुर । उदयपुरमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेको छ । मृत फेला पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित शिवालयटोल बस्ने बर्ष ६६ को बिरेन्द्र कुमार राई रहेको छ ।
उनको शंकास्पद अवस्थामा आफ्नै घरमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । एसपी दाहालका अनुसार मृतकको शरीरको बिभिन्न भागमा निलडाम रहेको छ ।
त्यसैगरि मृतक बिरेन्द्रको श्रीमती रिता राई भने मुखभरी बिष दलिएको अवस्थामा घर बाहिर भेटिएको थियो । उनलाई श्रीमानको हत्यपछि बिष सेवन गराएर बार्दलीबाट फालिदिएको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुमान छ ।
अहिले मृतक राईको शब आफन्त आउन बाँकी रहेकाले उनकै घरमा राखिएको छ भने घाईते श्रीमतिलाई जिल्ला अस्पताल उदयपुरबाट थप उपचारको लागि बिराटनगर लागिएको छ ।
Facebook Comments