वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित पुस्तक बिमोचन

काठमाडौं । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ नामक पुस्तकको बिहिबार विमोचन भएको छ । बिमोचन नेपालको सताब्दिपुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले गरेका थिए ।

समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तकमा लामो अध्यायन, खोज र संस्लेशन प्रष्ट झल्किएकाले यो नेपालकै ईतिहासमा दर्ज हुने कार्यक्रममा सहभागी हुनेहरुको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्काे अध्याय थपिएको बताए । उनले बरिष्ट पत्रकार चेम्जोङ अब, ईतिहासकार पनि भएको बताए । उनले पुस्तकको समिक्षात्मक टिप्पणी गरेका थिए ।

सिंगो पुस्तकको समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास् प्रस्तुत गरिएको बताए । उनका अनुसार पुस्तकमा नेपालको ईतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको छ ।

किराँत सभ्यता र अस्तित्वलाई प्राथमिकता दिईएको छ । पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य पस्किएको छ । ईतिहास अध्यायनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उनले बताए ।

पुस्तकका लागि पत्रकार एवम् ईतिहासकार चेम्जोङले २२ वर्ष लामो समय अध्यायनमा समय खर्चेका थिए । पुस्तक प्रकाशनको क्रममा उनले उदयपुरको कुनाकुना, कन्दराहरु चहारेका थिए ।

लेखक चेम्जोङले विमोचन समारोहमा बोल्दै आफ्नो बुबाले दिएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई पुस्तकतर्फ लागेको बताए । उनले सदा ईतिहासको विद्यार्थिको रुपमा गहन अध्यायन र खोजका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । चेम्जोङद्धारा लिखित पुस्तक काठमाडौं, उदयपुर लगायत अन्य जिल्लाहरुको पुस्तक पसलहरुमा पाईनेछ ।

Facebook Comments