लामो समयको प्रतिक्षापछि वामदेव गौतमले पनि गरे कित्ता क्लियर !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष  गौतमले पनि आफ्नो कित्ता क्लियर पार्न लागेका छन् । गौतमले प्रचण्ड–नेपाल पक्षमै प्रवेश गर्न लागेको संकेत देखिएको छ । संसद विघटनका विषयमा ओलीको निरन्तर आलोचना गरिरहेका गौतमले पनि प्रचण्ड पक्षलाई नै साथ दिने चर्चा हुन् थालेको हो ।

पटक–पटक सहमति गरे पनि कार्यान्वयन गर्न आलटाल गर्ने ओलीको व्यवहारमा रहेको भन्दै असन्तुष्ट देखिएका गौतम शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्ड–नेपालतिर उभिन सक्ने संकेत गरेका हुन् ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको आधा घण्टा छलफलमा गौतमले त्यस्तो संकेत गरेको गौतम निकट एक केन्द्रीय सदस्यले बताए ।  गौतम र प्रचण्ड बीचको छलफल सकारात्मक भएको बताइएको छ ।

यसअघि प्रचण्डसँगको भेटमा गौतमले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै आफू पार्टी एकताकै पक्षमा भएको बताएका थिए । पार्टी एकता जोगिने सि्थति नभएपछि गौतमले आफ्नो कित्ता स्पष्ट गर्न लागिएको स्रोतले जनाएको छ । यसअघि रामबहादुर थापा बादलले केपी शर्मा ओलीको पक्षमा कित्ता क्लियर गरिसकेका छन् ।

Facebook Comments