ट्याक्टरको ठकरबाट उदयपुरमा एकको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टरले ठक्कर दिदा शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १५ हुवासडहर बस्ने बर्ष १६ को हिक्मत नेपाली रहेका छन् ।

उनको बाटो काट्ने क्रममा स १ त ५७९७ नम्बरको ट्याक्टरले ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले जनाएअनुसार ठक्कर दिने ट्याक्टरलाई साउनेबाट खटिएको प्रहरी टोलीले घटना स्थलबाटै नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको कारण खोजी कार्य भईरहेको छ ।

Facebook Comments