उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ कालिखोलामा मोटरसाईकल र तिन पाङ्ग्रो अटो ठोक्किदा ९ जना घाइते भएका छन् । स ७ प ५०६७ नम्बरको मोटरसाईकल र ०२ ०१००३७ नम्बरको अटो एकआपसमा ठोक्किदा उनिहरु घाईते भएका हुन् ।
घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ८ बाघचौरी बस्ने बर्ष ३५ को लक्ष्मण राउत, सोही वडाको साहीखोला बस्ने बर्ष ४० को सिता बस्नेत, बर्ष ४० को ज्ञानु कार्की, सोही वडा बस्ने बर्ष ६५ को हरि बुढाथोकी, बर्ष ६० को सेतीमाया विक, उनकी नातीनी ६ वर्षिय वालिका युना विक र त्रियुगा नगरपालिका १० बस्ने ६० को मसाली वि.क. रहेका छन् ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
त्यसैगरि मोटरसाईकल चालक त्रियुगा ८ राजाबास बस्ने बर्ष २७ को राजेश चौधरी र पछाडि सवार उनको श्रीमति बर्ष २३ को निसा चौधरी पनि घाइते भएका छन् । गाईघाटबाट यात्रु बोकेर राजाबासतर्फ जादै गरेको अटो र विपरित दिशाबाट आउदै गरेको मोटरसाईकल अत्याधिक गतिको कारण कालिखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाएअनुसार घाइतेहरुलाई हाल उपचारका लागि विराटनगर लगिएको छ । टेम्पोचालक सुरेन्द्र चौधरी भने फरार रहेकोे छ । दुर्घटना अत्याधिक गतिको कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।