त्रियुगा नगरपालिकाका ८ कर्मचारीमा कोरोना पुष्टि, अत्यबश्यक सेवा बाहेक अन्य काम बन्द

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत कर्मचारीहरु मध्ये एकै पटक ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज कात्तिक २८ गतेसम्मको लागि बन्द गरिएको छ ।

त्रियुगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वजीत राईद्वारा जारी सूचनामा कात्तिक २८ गतेसम्मका अतिआवश्यक काम बाहेक अन्य सेवाहरु बन्द गरिएको जनाएको छ ।

कर्मचारीमा कोरोना संक्रमण भएकोले यही अवस्थामा कार्यालय संचालन गर्दा सेवाग्राहीलाई पनि सर्न सक्ने भएकोले अतिआवश्यक काम बाहेक अन्य सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ ।

यस्तै वडाहरुबाट प्रदान गर्ने सेवाहरु वडा कार्यालयले आ–आफ्नो तबरले गर्न वा बन्द गर्ने अधिकार वडाध्यक्षलाई दिईएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए ।

भिडियोः

Facebook Comments