भौतिक दुरीको खिल्ली उडाउदै भलिबल प्रतियोगिता

उदयपुर । कोरोना कहरको कारण भौतिक दुरी कायम गरेर बस्नुपर्ने बाध्यत्मक अबस्थाको खिल्ली उडाउदै उदयपुरमा भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर तीन जरुवा र स्थानीय बाह्रविसे युवा क्लवको संयुक्त आयोजनामा हुने भएको हो ।

प्रतियोगिताबारे वडाअध्यक्ष मनोज कार्कीद्धारा हस्ताक्षेरित एक पत्र मार्फत जानकारी गराईएको छ । पत्रमा कात्तिक २५ गतेदेखि खेल सुरु हुने उल्लेख छ ।

पत्रमा उल्लेख भएअनुसार खेल तिहार र छट पर्वको अवसरमा सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा जिल्लाभरीका पुरुष भलिबल खेलाडीहरुको उपस्थिति रहने छ ।

यस बिषयमा उदयपुर जिल्ला भलिबल संघका अध्यक्ष प्रथमलाल चौधरीले कोरोनाको कारण सबै खेलकुदको गतिबिधिलाई सुन्ने पारिएको बताए । उनले कहिकतै बिभिन्न खेलहरु सञ्चालन हुने छिटफुट सुचनाहरु आउने गरेको बताए ।

त्यसरी प्रतियोगिता गराउदा सरकार र खेलकुदले गरेको निर्णय बिपरित हुने अध्यक्ष चौधरीको भनाई छ । उनले त्यस्तो प्रतियोगिता संस्थालाई कुनैपनि हालतमा मान्ने नहुने बताए ।

भिडियोः

Facebook Comments