नेकपा नेताको ‘फेक आईडी’ बनाएर रकम असुल्ने एक युवा पक्राउ

उदयपुर । नेपाल कम्युष्टि पार्टी (नेकपा) उदयपुर जिल्ला कमिटि सदस्य तथा युवा नेता किरण राईको नामबाट रकम असुली गर्ने एक युवा पक्राउ परेको छ । एन्फा प्रवक्ता समेत रहेका राईको ‘फेक फेसबुक आईडी’ मार्फत रकम असुली गर्ने युवा पक्राउ परेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ गाईघाट स्थित ज्यतिनगर टोल बस्ने बर्ष २३ को पंकच साह रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक छिरिङ शेर्पाले बताए ।

इनिस्पेक्टर शेर्पाका अनुसार राईको नामबाट फेक आईडी बनाएर बिभिन्न बहानामा रकम असुली गर्दै आएको साहलाई पक्राउ गरिएको हो । साहले फेक आईडी मार्फत अनेक बहाना बनाएर म्यासेजबाट राईकै आफन्त, नातेदार, शुभचिन्तक लगायतका अन्य ब्यक्तिहरुसँग रकम असुली गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानमा नेता राईको आफन्तहरुलाई साथी बनाउदै साहले मोटो रकम माग्दै आएको खुलेको छ । अहिले पक्राउ परेको साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments