माता निकाली दिने भन्दै निर्वस्त्र पारेर यौन शोषण गर्ने धामी पक्राउ

उदयपुर । माता उतारिदिने भन्दै यौन शोषण गर्ने एक धामी पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से पानीट्याङ्की बस्ने बर्ष ३९ को अर्जुन भन्ने चुडामणी श्रेष्ठ रहेको छ ।

उनलाई उपचारमा आएको दुई महिला बिरामीहरुलाई उपचार गर्ने बहानामा निर्वस्त्र पारेर यौन शोषण गरेको आरोप छ । उनलाई पीडितहरुले दिएको उजुरीको आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार श्रेष्ठले आफु १३ बर्षदेखि धामी भएको र झारफुक गरी सबै रोग निको पारिदिने प्रचार गर्दै आएका थिए । सो प्रचारको बिश्वासमा परेर आएको ती दुई बिरामी महिलाहरुलाई मान्दिर कोठाभित्रै यौन शोषण गरेको थियो ।

उनले ईश्वर र भुत लागेकोलाई उपचार गर्ने र मातासम्म उतारीदिने गलत प्रचर गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । अनुसन्धानको क्रममा माता उतारे वाफत एक लाख रुपैया, सुनको औठी चाहिने र शिवजिको रुपमा उचार गर्न महिलाहरुलाई निर्वस्त्र पार्दै आएको पाईएको छ ।

श्रेष्ठसँगै आफुलाई माता बताउने त्रियुगा नगरपालिका १० बोक्से बस्ने बर्ष ४५ को जुना राई समेत पक्राउ परेको छ । धामी श्रेष्ठ र माता राईले माता राईको घरमा मन्दिर बनाई काम गर्दै आएका थिए । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments