भोजपुरमा पेस्तोल सहित विष्फोटक पदार्थ फेला

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा वेवारिसे विस्फोटक पदार्थ फेला परेको छ । ईलाका प्रहरी कार्यालय दिङलाको प्रहरी गस्ती टोलीले एक पेस्तोल सहित विष्फोटक पदार्थ बरामद गरिएको हो  ।

गस्ति टोलिले बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट उक्त सामाग्रीहरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरिएको हो ।

Facebook Comments