पत्रकार नरेश मोहन तामाङको निधन

उदयपुर । तामाङ सञ्चार समूह उदयपुरका अध्यक्ष नरेश मोहन तामाङको निधन भएको छ । उनको बिहिबार राति निधन भएको पारिवारिक स्रोतले बताएका छन् । स्रोतका अनुसार उनको हृदय घातका कारण निधन भएको थियो ।

त्रियुगा नगरपालिका ४ बगाहा निवासी तामाङ स्थानीय त्रियुगा मिडिया ग्रुपमा आवद्ध हुनुहुन्थ्यो । तामाङको स्वभाव सरल र मिजासिलो थियो ।

तामाङ्ग वल्डभिजनको साझेदार संस्था नेस्पेक उदयपुरको कार्यक्रम संयोजकको रुपमा पनि काम गर्दै आउनुभएको थियो । तामाङको अप्रत्यासित निधनले सिंगो उदयपुरका सामाजिक कार्यकर्ता शोकमा परेका छन् ।

Facebook Comments