उदयपुरमा एकै गाउँका ४ जनामा काेराेना पुष्टि, अब जिल्लामा संक्रमितको संख्या ४७ पुग्यो

उदयपुर । उदयपुरमा थप एक महिलासहित ४ जनामा कोरोना भाईरसको पुष्टि भएको छ । त्रियुगा नगरपालिका ४ वगाहाका ३६, ४६, ४८ बर्षिय पुरुष र २८ बर्षिया महिलामा बुधबार कोरोना पुष्टि भएको हो ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । यो सँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

संक्रमित मध्ये ३८ जना पुरुष र ९ जना महिला रहेका छन् । उपचार पछि निको हुनेको संख्या ३३ पुगेको छ । संक्रमित सबै जना भारतबाट घर फर्किएका हुन् ।

विभिन्न नाकाबाट नेपाल भित्र्एिका उनीहरुलाई त्रियुगा नगरपालिकाले उद्धार गरी सिधै वडानं ३ स्थित त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाईनमा राखेको थियो ।
यो सँगै संक्रमितको संख्या जिल्लामा सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ३९ जना पुगेको छ ।

३९ मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै बेलका नगरपालिकामा संक्रमितको संख्या ५ पुगेको छ । चौदण्डीगढी, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १÷१ जना यसअघि नै संक्रमित पुष्टि भईसकेका छन् ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म ८ सय ७० जना महिलासहित दुई हजार ८ सय ७९ जनाले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्य २ हजार ८ सय २ जनाको रिर्पोट आईसकेको छ ।

त्यस्तै १ सय २१ जना महिलासहित ६ सय ९४ जनाको आरडिटी टेष्ट भईसकेको छ । त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजेटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए ।

कार्यालयकाअनुसार २२ जना महिला र १ सय ६६ जना पुरुष गरी १ सय ८८ जना क्वारेन्टाईनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाईनमा रहेका छन् ।

Facebook Comments