नेकपा चौदण्डीगढीले आधारहिन टिप्पणी र आरोप लगाउने गरेको छः मेयर राई (भिडियो सहित)

बेल्टार । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नेकपा चौदण्डीगढीले नगरपालिकाको नेतृत्वमाथी आधारहिन टिप्पणी र आरोप लगाउदै आएको बताएका छन् । सोमबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेकपा चौदण्डीगढी नगर कमिटिले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुमाथी नकारात्मक टिप्पणी गरेको बताए । उनले नेकपाले लगाएको आरोप र टिप्पणी जस्तो नभएर आफुहरुले नगर र नगरबासीको हितमा काम कारवाही गरिरहेको बताएका छन् ।

मेयर राईले जनताप्रति पूर्ण उत्तरदायी भई नितीगत तथा आर्थिक नियम अनुसार पारदर्शी ढंगबाट कामकारवाही भईरहेको बताए । उनले आफुहरु कोरोना जस्तो विश्व महामारीको संक्रमणबाट नगर र नगरबासीलाई जोगाउन अहोरात्र खटिरहेको अवस्थामा विरोध हैन सहयोग गरेर नगर र नगरबासीको हितमा आउन नेकपा नगर कमिटिलाई आव्हान समेत गरेका छन् ।

नेकपा चौण्डीगढी नगर कमिटिले गत जेठ २७ गते पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा १६ वटा बुँदासहितको आरोपहरु प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका थिए ।

त्यसैगरि जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा पालिकाका प्रवक्ता रामकुमार खड्काले नेकपाले लगाएको आरोपको सबै बुँदागतरुपमा प्रष्ट परेका थिए । उनले पत्रकार सम्मेलनमा १६ वटा बुँदाका जानकारी पत्र बितरण गरेका थिए ।

सम्मेलनमा प्रस्तुत १६ बुँदे जानकारी पत्रः


भिडियोः

खाेला उत्खननलाई लिएर चाैदण्डीगढीमा विवाद चुलियाे । नेकपा बिरुद्ध नगरपालिकाकाे पत्रकार सम्मेलन ।

Gepostet von Nigrani Post am Montag, 15. Juni 2020

Facebook Comments