कोरोना अपडेट : थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा  ७ महिला र ६० पुरुष रहेका छन् । याेसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

Facebook Comments