उदयपुरको लागि ३ अर्ब १२ करोड ५६ लाख बजेट बिनियोजित, हेरौं कुनकुन शिर्षकमा कतिकति बजेट तलिकामा

उदयपुर । संघीय सरकारले उदयपुरको विकासलाई आठ वटै पालिकाले खर्च गर्ने गरी ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि उदयपुरका आठै वटै पालिकालाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

आगामी वर्षका लागि समानीकरण अनुदान तफै ९९ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २ अर्व ७ करो ३७ लाख, विशेष अनुदान तर्फ ३ करोड ५८ लाख र समपुरक अनुदान तर्फ २ करोड २५ लाख विनियोजन गरेको छ । गत वर्ष उदयपुरका स्थानीय तहले २ अर्व ६९ करोड ७७ लाख रकम पाएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष ४२ करोड ७९ लाख मात्र बजेट बढी विनियोजन भएको हो । सरकारले सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकालाई ६९ करोड ४४ लाख रुपैयाँ दिएको छ । सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा विनियोजन गरेको छ ।

चार वटा नगरपालिकामा २ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ भने गाउँपालिकामा १ अर्व ११ करोड ७९ लाख विनियोजन भएको छ ।
उदयपुरमा सवैभन्दा बढी त्रियुगा नगरपालिकामा बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सवैभन्दा कम बेलका नगरपालिकामा बजेट विनियोजन भएको छ ।

त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्गत २१ करोड १ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ४७ करोड ७९ लाख र समपुरक अनुदान ६४ लाख गरी ६९ करोड ४४ लाख विनियोजन भएको छ । भने बेलका नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्गत १३ करोड २५ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत २३ करोड ५७ लाख बजेट विनियोजन भएको छ । भने विशेष अनुदान भनेर २ करोड पनि बजेट विनियोजन भएको छ ।

यस्तै कटारी नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्ग ११ करोड २४ लाख र सशर्त अनुदान अन्तर्गत ३५ करोड २६ लाख गरी ४६ करोड ५० लाख बजेट विनियोजन भएको छ । भने चौदण्डीगढी नगरपालिकाको बजेट ४६ करोड १ लाख मात्रै रहेको छ । चौदण्डीगढीमा वितीय समानीकरण अन्तर्गत १४ करोड ४६ लाख, सशर्त अनुदान अन्तर्गत २९ करोड ४६ लाख, विषेश अनुदान अन्तर्गत ५८ लाख र समपुरक अनुदान अन्तर्गत १ करोड ६१ लाख विनियोजन भएको छ ।

गाउँपालिका अन्तर्गत सवैभन्दा बढी उदयपुरगढी गाउँपालिकामा बजेट परेको छ । उदयपुरगढीमा ३७ करोड ६६ लाख बराबरको बजेट विनियोजन भएको छ । वित्तिय समानकिरण शिर्षक अन्तर्गत १५ करोड ४५ लाख र सशर्त अनुदान तर्फ २२ करोड २१ लाख बजेट विनियोजन भएको छ । सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा बजेट विनियोजन भएको छ ।

यस गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ६ करो ९७ लाख र सशर्त अनुदान अन्तर्गत १३ करोड २१ लाख विनियोजन भएको छ ।
यस्तै रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ९ करोड ६० लाख, सशर्त अनुदान तर्फ २१ करोड ४७ लाख र विशेष अनुदान अन्तर्गत १ करोड बजेट विनियोजन भएको छ ।

ताप्ली गाउँपालिकामा २१ करोड ८८ लाख बजेट विनियोजन भएको छ । यस गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ७ करोड ४८ लाख र सशर्त अनुदान तर्फ १४ करोड ४० लाख बजेट विनियोजन भएको छ ।

Facebook Comments