उदयपुर । लकडाउन उल्लंघन गरेको भन्दै उदयपुरमा ७९ ओटा बिभिन्न सवारी साधानलाई प्रहरीले आईतबार कार्वाही गरेको छ । कार्वाहीमा ७७ ओटा मोटरसाईल, १ ओटा कार र १ ओटा ट्याकटर परेको छ भने २६ ओटा मोटरसाईकलको चाबि नियन्त्रणमा लिईएको उदयपुर प्रहरी प्रमुख (एसपी) बीरबहादुर बुढामगरले बताए ।
एसपी बुढामगरका अनुसार अत्याधिक मात्रामा बिनापास सञ्चालन गरेर लकडाउनको उल्लंघन गरेको भन्दै सो सवारी साधनहरुलाई कार्वाही गरिएको हो । सवारी साधनहरु सदरमुकाम गाईघाटको बिभिन्न चोकहरुबाट नियन्त्रणमा लिईएको थियो ।
अहिले पक्राउ गरिएको सवारी साधन मध्ये पहिलो पटक पक्राउ गरिएको सवारी साधानलाई साँझपख सम्झाईबुझाई छाडिएको र पटकेको रुपमा पक्राउ गरिएको सवारी साधनहरुलाई कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
Facebook Comments