माओवादी हेडक्वाटरको बैठक जारी

काठमाडौ, २४ चैत / मधेसी मोर्चासँग भइरहेको सहमतिको प्रयास, स्थानीय निर्वाचन, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी बैठकमा केहीदिन अघि भएको प्रचण्डको चीन भ्रमण, बैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा पार्टीको सहभागिता र मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पार्टीले खेलेको भूमिका लगायतका विषयमा छलफल हुने पार्टीका नेता गिरीराज मणी पोखरेलले बताए   ।
माओवादी केन्द्रको यो बैठकले स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार समेत तोक्ने तयारी भएको बुझिएको छ । माओवादी केन्द्रले महानगर र उपमहानगरबाहेकमा जिल्ला, नगर र गाउँपालिकास्तरबाटै टुङ्गो लगाउने निर्णय गरेको सो पाठर्टीले आफ्नो निर्वाचन कार्यविधि तय गरेर केही जिल्लाका ति स्थानमा उमेद्वारहरु धमाधम घोषणा गरिरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *