राष्ट्रपतिद्वारा उदयपुरको नदी कटानक्षेत्र अवलोकन, सात अरवको योजना आउने

गजेन्द्र राई
उदयपुर, २३ चैत/ राष्ट्रपति विद्यादेवी भण्डारीले उदयपुरको नदी कटान क्षेत्रको अवलोकन गर्नु भएको छ । राष्ट्रपति भण्डारीले जिल्लाको सदरमुकाम गाईघाट हुर्दै सुनसरीको चतरा स्थित सप्तकोशीमा मिसिएको त्रियुगा नदिको बिहिवार अवलोकन गर्नु भएको हो ।
उदयपुरको चौदण्डीगडी नगरपालिका हुदै त्रियुगा नगरपालिकासम्मको नदि कटान क्षेत्र अवलोकन पछि चौदण्डीगडी नगरपालिका–५, सिवाईमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले कटानलाई नियन्त्रणमा लिन विशेष योजना सञ्चालन गर्ने बताउनु भएको छ ।
चतरादेखि चौदण्डीगडी ४२ किलोमिटर माथि त्रियुगा नगरपालिकाको होक्से कालिखोलासम्मको भागमा अत्याधिक कटान भई धनजनको क्षती हुदै आएको छ । उक्त कुरालाई मध्यनजर गर्दै उहाँले हेलिकेप्टरबाट कटान क्षेत्रको अवलोकन गर्नु भएको थियो । उहाँले जनधनको सुरक्षा र विकास निर्माणको निमित्त विशेष चासो राख्दै ठूलो मात्रामा भईरहेको नदी कटानलाई रोक्न विशेष योजनासहितको कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता ब्यक्त गनुभएको छ । यस समस्याप्रति पहिलेदेखि नै आफु जानकार रहेको पनि उहाँले बताउनुभएको थियो । उहाँले आफु समस्या हलको निम्ति प्रतिबद्ध रहेको, त्यसमा सांसदहरुको उत्तिकै साथ र जनताको सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।
कार्यक्रममा जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन नं. ४ का प्रमूख रामनरेश मण्डलले सात अरब लागतको नदि कटान नियन्त्रण गुरु योजना निर्माण गरिएको जानकारी दिनुभयो । नदि कटान नियन्त्रण भएमा ४ सय हेक्टर जग्गा उकास हुने, १० हजार बढी घरधुरी र लाखौं जनता प्रत्यक्ष लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । नदीको दुबै किनारमा पाँचमिटरको सडकसहितको ड्याम निर्माण गरि विकासमा तिब्रता दिईने पनि उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत गर्दै सांसद डाक्टर नारायण खड्का र मञ्जकुमारी चौधरीले विकास र जनप्रेमी राष्ट्रपतिलाई उदयपुरमा पाउनु उदयपुरबासीको गौरबको विषय भएको बताउनु भयो । प्रमूख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नदी कटानको समस्याको बारेमा जानकारी राख्दै कटान नियन्त्रण हुने वित्तिकै विकासले ठूलो फड्को मार्ने बताउनुभयो भने स्थानीय जानुका चौधरीले नदी कटानबाट भोग्नु परेको पिडा ब्यक्त गर्नुभएको थियो ।
उच्च सुरक्षाकाबीच भएको कार्यक्रममा सुरक्षा प्रमूखहरु, कार्यालय प्रमूख तथा नागरिकहरुको ब्यापक उपस्थिति थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *