बेलका नगरपालिकाद्धारा बजार अनुगमन तिब्र

ललित राई
रामपुर । उदयपुरको बेलका नगरपालिकाद्धारा स्थानीय पसलहरु अनुगमन गर्न सुरु गरिएको छ । बिशेषगरि लकडाउनको समय चर्को मुल्य तिरेर दैनिक उपभोग्य सामानहरु खरिद गर्नु परेको भन्दै स्थानीयबाट गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन सुरु गरेको हो ।

अनुगमन नगरपालिकाको प्रमुख व्यपारी केन्द्र रामपुर बजार, लालबजार लगायत आसपासका बजारहरुमा गरिदै आएको छ । अनुगमनको क्रममा म्याद गुज्रिएको चाउचाउ, बिस्कुट, तेल, मसला लगायतका सामानहरु म्याद गुज्रिएको पाईएको उपप्रमुख रामकुमारी चौधरीले बताए । उपप्रमुख चौधरीका अनुसार म्याद गुज्रिए सामानहरु जफत गरेर नष्ट गरिदै आएको छ ।

अनुगमनका क्रममाÞ व्यापारीहरुलाई सामाजिक दुरी कायम गर्न, उद्योग बाणिज्य संघ बेलकाले सार्बजनिक गरेको वस्तुको मुल्यसुचि अनिवार्य टस्न, ग्राहकहरुका लागि हात धुने साबुन पानी र स्यानिटाईजरको व्यवस्था गर्न, पसलमा आएका सबै उपभोक्ताहरुलाई एउटै व्यवहार गर्न लगायतको कुराहरु सुझाउदै आएको पनि अनुगमन समितिका सदस्य ललित राईले वताए ।

सदस्य राईका अनुसार अहिले उद्योग बाणिज्य संघले जारी गरेको मुल्यसुचि देखिने ठाउँमा राखेर दिउसो ११ बजेदेखि २ बजेसम्म नगरपालिका भित्र रहेको किराना पसलहरु खुल्दै आएको छ । अनुगमन उपप्रमुख चौधरीको संयोजकत्वमा स्थानीय पार्टी प्रतिनिधि, उधोग वाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी र शसस्त्र प्रहरी लगायतको सहभागितामा गरिदै आएको छ ।

Facebook Comments