बाबरी सामुदायिक बनद्धारा उपभोक्ताहरुलाई राहत बितरण

उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समुहद्धारा लकडाउनबाट प्रभाबित आफ्नो उपभोक्ताहरुलाई राहत सामाग्री बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १० बोक्से स्थित बाबरी सामुदायिक बन उपभोक्ता समुह रहेको छ ।

समितिले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो अत्तिबिपन्न उपभोक्ताहरुलाई राहत बितरण गरिएको समुहका अध्यक्ष अभिमन्नु खडकाले बताए । अध्यक्ष खडकाका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण कार्यक्रम अन्तरगत उपभोक्तालाई राहत सामाग्री बितरण गरिएको हो । जसमा प्याकेज स्वरुप १० केजी चामल, आधा केजी दाल, १ पोका नुन, १ पोका तेल र प्रतिघर १ ओटा झुल बितरण गरिएको थियो ।

अतिबिपन्न ७० घरधुरीको बृद्धा, असाय, एकल महिला लगायतका उपभोक्ताहरुलाई बितरण गरिएको सचिब ससिकला राईले बताए । सचिब राईका अनुसार बन उपभोक्ता समुहमा ४ सय ६५ घरधुरी आबद्ध रहेका छन् । राहत सामाग्री बितरण कार्यक्रमा त्रियुगा नगरपालिका प्रमुख बलदेब चौधरी, डिभिजन बन कार्यालय उदयपुरका सायक बन अधिकृत जागेशोर साह लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments