६ सय ५९ जनाको पिसिआर परिक्षण, २ सय ७८ क्वारेन्टाइनमा, ८८ जना घर फर्किए

उदयपुर । उदयपुरमा पिसिआिर परिक्षणको दायरालाई फराकिलो बनाईएको छ । उदयपुरमा हालसम्म ६ सय ५९ को पिसिआर परिक्षण गरिएको छ भने १ सय ४२ जनाको आरडिटि परिक्षण गरिएको जनाईएको छ । पिसिआर परिक्षण गरिएको मध्ये ५ सय ३१ जनाको रिपोर्ट आईसकेको र त्यस मध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने बाँकीमा नेगेटिभ देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए ।

प्रजिअ पहाडीका अनुसार चौदण्डिगढी नगरपालिका ५ सिवाईका ५८, त्रियुगा नगरपालिका २ मोथियाईका २० र त्रियुगा नगरपालिका ३ भुल्के लगायत आसापासका क्षेत्रका नागरिकहरुमा गरी ६ सय ५९ मा पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षणलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानिय तहहरुमा स्वास्थ्य सामाग्री सहित टोली परिचालन गरिएको थियो ।

त्यसैगरि ठाउँहरुमा रहेको क्वारेन्टाइनबाट ८८ जना घर फर्कीसकेका छन् भने २ सय ७८ जना क्वारेनटाइनमा रहेको समेत प्रजिअ पहाडीले बताए । यसैगरि स्थानियले पिसिआर परिक्षणको दायरा नबढेको गुनासो गरेका छन् । त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रमा २८ जना कोरोना संक्रमित भेटिपछि स्थानियहरु त्रसित बनेका थिए ।

त्रसित बनेका उनिहरुले सबैको पिसिआर परिक्षण गरिदिन स्थानीय सरकारसँग माग गर्दै आएका छन् । यस बिषयमा त्रियुगा नगरपालिका नगर प्रमुख बलदेब चौधरीले स्थानिय तहले पनि प्रदेश र संघिय सरकासँग स्थानियहरुको माग र स्थानिय आवश्यक्ताको आधारमा पहल गरिरहेको बताएका छन् ।

Facebook Comments