भुल्केको सुत्केरी र गर्भवती महिलालाई राहत सामाग्री बितरण

भुल्के । कोरोना संक्रमित क्षत्रे भुल्केको सुत्केरी र गर्भवती महिलाहरुलाई उदयपुरका नागरिक समाज र गैर सरकारी संस्था महासंघले राहत सामाग्री बितरण गरेको छ । राहात सामाग्री जिल्लाको त्रियुगा नगरपालिका– ३ भुल्के स्थित कोरोना संक्रमित क्षेत्रका सुत्केरी र गर्भवती महिलाईहरुलाई मंगलबार बितरण गरिएको हो ।

संस्थाले २८ जना कोरोना संक्रमित भेतिएपछि उच्च जोखिममा रहेको सो सुत्केरी र गर्भवती महिलाहरुलाई राहत सामाग्री बितरण गरिएको गैसस महासंघका केन्द्रीय सदस्य महेश्वरी राईले बताए । सदस्य राईका अनुसार सुत्केरी र गर्भवती महिलाको पिडामा थोरबहुत मलमपट्टी गर्ने उद्देश्यले उक्त सामाग्री बितरण गरिएको हो ।

जसमा प्याकेज स्वरुप गर्भवती र सुत्केरी महिलाका लागि १०० ग्राम ज्वानो, आधा केजी हर्लिक्स, १ केजी मटर, १ पाउ मेथी, १ केजी चिनि र २ सय ग्राम चियापत्ती रहेको थियो । उक्त सामाग्री मुस्लिम समुदायको १६ जना र जनजाति र क्षेत्रीबाहुन समुदायको ६ जना सुत्केरी र गर्भवती महिलाहरुलाई बितरण गरिएको थियो । त्यसैगरि दलित समुदायका ३३ घरपरिवारलाई १ केजी चिनि, १ केजी दाल, १ केजी चना, २ सय ग्राम चियापत्ती र १ लिटर तेल बितरण गरिएको थियो ।

राहात भुल्केका ५५ घर परिवारलाई राहात सामाग्री बितरण गरिएको नागरिक समाजका एक सदस्य राजकुमार राईले बताए । सदस्य राईका अनुसार मुस्लिम समुदायको १६ जना र जनजाति र क्षेत्रीबाहुन समुदायको ६ जना सुत्केरी र गर्भवति महिला र दलित समुदायको ३३ घरपरिवारलाई राहात सामाग्री बितरण गरिएको थियो ।

राहत सामाग्री बितरण कार्यक्रमा त्रियुगा नगरपालिका ३ का वडाअध्यक्ष अबधेस चौधरी, गैसस महासंघका केन्द्रीय सल्लाकार सिर्जना दनुवार, उदयपुर कार्यबाहक अध्यक्ष सुमन परियार, श्याम गुरागाई, सन्तोष बस्नेत, सिर्जना पौडेल, सागर नेपाल लगायत बिभिन्न संघसस्थामा आवद्ध प्रतिनिधिहरुले उपस्थिति जनाएका थिए ।

Facebook Comments