सामुदायिक बन क्षेत्रभित्र बेवारिसे लास फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ लालपत्ता स्थित रक्सा सामुदायिक बन उपभोक्ता समुहको क्षेत्रभित्र एक बेबारिसे लास फेला परेको छ । फेला परेको लास आठ दश दिन अघिको हुन सक्ने जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार सेतो कमिज र धोली लगाएको पहिरण हेर्दा मानिस तराई मुलको हुनसक्ने अनुमान गरिएको छ । ५५÷६० बर्ष उमेरको देखिने पुरुषको लास जंगलमा फेला परेको उदयपुर प्रहरी प्रमुख (एसपी) वीर बहादुर बुढामगरले बताए ।

एसपी बुढामगरका अनुसार लास सडेर दुर्गन्धित भएको अबस्थामा फेला परेको थियो । फेला परेको शब अहिले पोष्टमार्टमको लागि जिल्ला अस्पतात उदयपुरमा राखिएको छ ।

Facebook Comments