वडा कार्यालयद्धारा साउनेमा राहत बितरण, सामुदायिक बनहरुको ठूलो लगानी

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेले लकडाउनबाट प्रभाबित आफ्नो वडावासीहरुलाई राहत सामाग्री बितरण गर्ने काम सम्पन्न गरेको छ । कार्यालयले पहिलो प्याकेज स्वरुप राहत सामाग्री शुक्रबार बितरण गर्ने काम सम्पन्न गरेको हो ।

कार्यालयले कोरोना भाईरसको कारण लागेको लकडाउनबाट प्रभाबित आफ्नो वडामा बसोबास गर्ने मजदुर तथा विपन्न बर्गका घरपरिवारलाई राहत सामाग्री बितरण गरिएको कार्यवाहकअध्यक्ष हेमराज मगरले बताए । कार्यवाहकअध्यक्ष मगरका अनुसार अनुसार प्याकेजमा २ लिटर तेल, २ केजी नुन, २ केजी दाल, २ डल्ला साबुन र ३० केजी चामल बितरण गरिएको थियो ।

राहत सामाग्री ५ सय ३४ घरधुरीलाई बितरण गरिएको वडासचिब रित कुमार राउतले बताए । सचिब राउतका अनुसार उनिहरुलाई वडाभित्र रहेको टोलटोलमा पुगेर बितरण गरिएको थियो । राहत सामाग्री बितरणको क्रममा स्थानीय सामुदायिक बन उपभोक्ता समुहहरुले पनि कार्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

जसमा सुनाखरी सामुदायिक बन उपभोक्ता समुहले ६४ हजार १ सय ९० रुपैया, शिबशक्ति सामुदायिक बन उपभोक्ता समुहले ४५ हजार ८ सय ५० रुपैया, नयाँ प्रगतिशिल सामुदायिक बन उपभोक्ता समुहले ६४ हजार १ सय ९० रुपैया र नयाँ जनप्रेमी सामुदायिक बन उपभोक्ता समुहले १ लाख २ हजार ७ सय ४ रुपैया उपलब्ध गराएका थिए ।

त्यसैगरि जनशक्ति सामुदायिक बन उपभोक्ता समुहले ९१ हजार ७ सय रुपैया, पञ्चेश्वर सामुदायिक बन उपभोक्ता समुहले १८ हजार ३ सय ४० रुपैया, नबदिप सामुदायिक बन उपभोक्ता समुहले ५१ हजार ३ सय ५२ रुपैया र ईन्द्रकमल सामुदायिक बन उपभोक्ता समुहले ८० हजार ६ सय ९६ रुपैया उपलब्ध गराएका थिए ।

यसैगरि शिंहावती सामुदायिक बन उपभोक्ता समुहले ३ हजार ६ सय ६८ रुपैया र कालिका सामुदायिक बन उपभोक्ता समुहले ५१ हजार ३ सय ५२ रुपैया उपलब्ध गराएको थियो भने सोही सामुदायिक बनहरुबाट काठ व्यावसाय गर्ने व्यावसायीहरु डिल्लीशेर राई, प्रेम भट्टराई र अच्युत चौधरीले ९१ हजार ७ रुपैया उपलब्ध गराएका थिए ।

Facebook Comments