उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदमा लुकेर बसेको १२ भारतीय सहित १६ जना मुसलमान भेटिएपछि स्थानीयहरु त्रसित बनेका छन । दुई दिनअघि वीरगजको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिमन धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अनुगमन गर्ने क्रममा उनीहरुलाई मस्जिदमा लुकेर भेटेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।
उनीहरु लकडाउन हुनुभन्दा अगाडी नेपाल आएको बताएपनि स्थनीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आइ लुकेर बसेको दावि गरेका छन् । मस्जिदमा आएका १६ जना लडकडाउनको समयमा आएर लुकेर बसेको स्थानीयहरु बताउँछन् । मस्जिदमा रहेको १२ भारतीय परिचय पत्र भएको र अन्य ४ जना नेपाली भएको पाईएको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले वताए । उनीहरु मस्जिदमा बस्दापनि समाजिक दुरी कायमगरि बसिरहेको वताएपनि स्थानीयले भने समाजमा घुलमिल गरिरहेको दावी गरेका छन ।
लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेपछि स्थानीयले पटक–पटक त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीमा सूचना दिएको बताएका छन् । उनीहरु सबैको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको प्रजिअ पहाडीले वताए । १२ जना भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँआएको सोधपुछका क्रममा खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३–५ भएको नेपालइज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ ।
स्वाब सकलनसंगै सबैको ट्राभल हिस्टिरीपनि खोजीने प्रजिअ पहाडीले वताए । प्रशासनले जिल्लाका मस्जिद केन्द्र गाईघाट, देउरी, कटारी र जलजलेमा पनि अनुगमन गरेको बताएको छ । त्यहाँ कोही फेला नपरेको पहाडीले बताए । मस्जिदमा बस्दै आएका उनीहरुले लकडाउन सूरुहुनु पहिला चैत्र ४ गते आएको वताएका छन । उनीहरु सबैलाई अहिले त्यहीँ सुरक्षा निकायको विशेष निगरानीमा राखिएको छ ।