जनप्रतिनिधि र कर्मचारीको सेवासुबिधाबाट १० लाखको कोष स्थापना

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले १० लाख रुपैयाँको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पालिकाले विपद् व्यवस्थापन कार्यक्रमबाट ५ लाख, जनप्रतिनिधिरुको पाँच दिनको सुविधा, कर्मचारीहरुको एक दिनको तलव गरी १० लाखको कोष स्थापना गरिएको उनले जानकारी दिए । कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले बताए ।

पालिकाले कोरोना भाइरस विरुद्धको उच्च सतर्कता अपनाउदै वडानं २ भुट्टार हेल्थपोष्टमा दुई वटा, वडानं ६ रौतामा २ र वडानं ७ मुर्कुची हेल्थपोष्टमा २ वटा गरी ६ वटा क्वारेन्टाईन र वडानं ७ मा एक वटा आईसोलेसन वार्ड स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख रामनारायण चौधरीले जानकारी दिए ।

उनले यसलाई थप गर्दै जाने योजना रहेको उनले बताए । गाउँपालिकाका सवै स्वास्थ्य चौकीहरु र आवतजावत हुने नाकामा हेल्प डेक्स स्थापना गरिएको अध्यक्ष खड्काले बताए । यसैगरी स्वास्थ्य चौकीका स्वास्थयकर्मीहरुलाई व्यक्तिगत सुरक्षा कवज पिपिइ, ग्लोव, मास्क लगायताका सामग्रीहरु उपलब्ध गराईएको अध्यक्ष खड्काले बताए ।

त्यसैगरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको नामवली अध्यावधि गर्ने काम गरीरहेको र स्वास्थ्य सचेतना जगाउने काम गरीरहेको बताए ।

पालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका चार वटा एम्बुलेन्सहरुलाई तयारी अवश्थामा राखिएको प्रमुख प्रशासकिय अधिकृत राईले जानकारी दिए । एम्बुलेन्समा कोरोना भाइरस संक्रमित वा शंकास्पद मानिस भेटिएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरी पालिकाले निर्णय गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *