उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरबासीहरुलाई आवश्यकीय राहतको व्यवस्था मिलाउने भएको छ । बिशेषगरी कोरोना भाईरसको कारण होम कोरेन्टाईनमा बस्ने अतिबिपन्न तथा दैनिक ज्यालामज्दुरी गरेर जीविकोपार्जन गर्ने घर परिवारलाई व्यवस्था मिलाउने भएको हो ।
यसको लागि आईतबार बसेको नगरकार्यपालिकाको बैठकले निर्णय गरेको नगरप्रमुख खगेन्द्र राईले बताए । प्रमुख राईका अनुसार नगरभित्र रहेका छ हजार घरपरिवारलाई उक्त राहत बितरण गरिने छ । राहत मंगलबारदेखि बितरण गरिने उनले बताए ।
त्यसैगरि आफ्नो नगरक्षेत्रमा रहेको क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुलाई खाना र खाजाको व्यवस्था मिलाईएको पनि प्रमुख राईले बताए । प्रमुख राईका अनुसार कोरेन्टाईनमा बसेको व्यक्तिलाई कोरोना संक्रमणको शंकालागे थप चेकजाँचको लागि सरकारले तोकेको अस्पताल जानेक्रममा प्रयोग हुने एम्बुलेन्सको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने छ ।