क्वारेन्टाइनमा बसेकालाई ताप्लीले खानाको व्यवस्था गर्ने

ताप्ली । ताप्ली गाउँपालिकाले संक्रमणबाट बच्न सरकारले आदेश दिएको लकडाउनलाई कडाई गरेको छ । गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाका अनुसार अत्यावश्यक सामग्री र आउजाउका लागि अनुमति पत्रको व्यवस्था गरिएको हो ।

त्यसैगरी गाउँपालिकामा ५ वटा वार्डमा रहेका स्वास्थ्य कार्यालयमा एक÷एक वटा क्वारेन्टाईन स्थल निर्माण गरिएको थापाले बताए । त्यसैगरी गाउँपालिकाको ७ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई जनप्रतिनिधिहरुको सम्पर्कमा आउन र घरमै क्वारेनटाईनमा वस्न पनि गाउँपालिकाले आग्रह गरेको छ । अध्यक्ष थापाले वुधबार रणशार्दुल गणको क्वारेन्टाईनमा राखिएका गाउँपालिकाका २१ जनालाई खाना लगायतका आवश्यक सामग्रीको व्यवस्था गरिएको छ भने भारतबाट आएका अन्य ७ जनालाई क्वारेन्टाईनमा राख्ने तयारी भईरहेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *