उदयपुर । देशकै ठुला दुई विद्यार्थी संगठनको रुपमा रहेको अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच एकता हुने क्रम चलिरहेको छ । जसअनुसार उदयपुरमा पनि संगठनको केन्द्रिय कमिटिमा केन्द्रिय प्रतिनिधि तथा जिल्ला संयोजक र सहसंयोज सहितको भागबण्डा नामवली फागुन १० गते केन्द्रको निर्णय अनुसार सार्वजानिक भएको थियो ।
तर जिल्ला कमिटिले भने फेरी फागुन १८ गते बैठक बसी फागुन २५ गते सार्वजानिक गरेको नामवली निर्णय विपरित भएको भन्दै अनेरास्ववियु उदयपुर जिल्लाका केन्द्रिय कमिटि सदस्य केशव चाम्लिङ, रामशर चौधरी र अनेरास्ववियु केन्द्रिय लेखा आयोग कमिटीका सदस्य सम्भु प्रसाद शर्माले विज्ञाप्ती जारी गर्दै आपत्तिजन निर्णय भएको बताएका छन् । कमिटिले संगठनको विधि, पद्धति र विधान विपरित काम गरेको भन्दै आपत्तिजनक जनाएको विज्ञाप्तीमा उल्लेख छ ।
संगठनको नियम निती भन्दा बाहिरको निर्णयमा कसैलाई पनि मान्य नहुने र यस्तो निर्णयमा कसैलाई पनि छुट नभएको भन्दै यो निर्णयमा कसैले पनि भ्रम नलिन अनुरोध गरेको छ । यस्तै तत्कालै कमिटि र यस माताहतमा रहेका अन्य कमिटिहरुलाई यस निर्णय सच्याएर अगाडी बढ्न समेत विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीः