प्रेमजालमा पारेर पैसा ठगी गर्ने एक युवा पक्राउ

उदयपुर । आफ्नो प्रेम जालमा पारेर पैसा ठगी गर्ने एक युवालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । विवाहपछि ठूलो व्यावसाय गरेर जीवनयापन गर्नेे आश्वसनपछि उदयपुरको एक महिलाबाट ३३ लाख रुपैया लिएर फरार भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका ५ चिप्रिङ बस्ने बर्ष ३४ को मोहन राई रहेका छन् ।

उनलाई महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढामगरले बताए । एसपी बुढामगरका अनुसार उनलाई गत फागुन १ गते मोतिगडाबाट पक्राउ गरिएको थियो । पीडित महिलाले उनी बिरुद्ध गत माघ २९ गते प्रहरीमा किटानी जाहेरी दर्ता गराएको पीडितको आफन्तहरु बताउछन् । आफन्तहरुका अनुसार पीडितको जाहेरीमा आफुलाई ललाईफकाई प्रेमजालमा पारेर बिभिन्न समयमा ३३ लाख रुपैया ठगी गरेको उल्लेख छ ।

राईले पहिलो पटक भारतको लखनौमा आफ्नो ठूलो औषधी पसल रहेको र पुनः लगानीको लागि भन्दै ४० हजार रुपैया, आफ्नो भान्जीलाई अष्टे«लिया पठाउनु पर्ने भन्दै एक लाख ५० हजार रुपैया, ललाईफकाई र बिभिन्न प्रलोभन देखाई ९ तोला सुनको गरगहना र उनकै सल्लाह बमोजिम आफू बस्दै आएको घर बिक्रीको क्रममा लिएको बैना २७ लाख रुपैया लगेको जाहेरीमा उल्लेख गरिएको छ । अहिले पक्राउ परेको राईलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *