उदयपुर अदालतमा सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

उदयपुर । उदयपुर जिल्ला अदालतमा आउने मुद्दा मध्ये सबैभन्दा बढि सम्बन्ध विच्छेदको देखिएको छ । बुधबार अदालतले सार्बजनिक गरेको एक तथ्यांकले पछिलो समय अदालतमा दर्ता भएको मद्दा मध्ये सबैभन्दा बढि सम्बन्ध विच्छेदको देखिएको हो ।

त्यसैगरि दोस्रोमा लागूऔषध र जबरजस्तीकरणी देखिएको छ । जसमा चालु आ.व.भित्रमै सम्बन्ध विच्चेद १ सय ९२ पुगेको छ भने लागूऔषध ५२ र जबरजस्ती करणी ३६ वटा मुद्दा छन् । न्ययधिश मनोज के.सी.का अनुसार यी तिनै प्रकृतिका मुद्दा समाजलाई बढि असर पार्ने किसिमका छन् । यी तिनै प्रकृतिका मुद्दामा सामाजिक सञ्जालको दुरूपयोग प्रमुख छ भने बैदेशिक रोजगार, असमजदारी कारक रहेका छन् ।

तथ्यांकमा बिगतको भन्दा जिल्ला अदालतमा आउने मुद्दाको संख्या बढ्दो रहेकोे समेत पाईएको छ । आर्थिक वर्ष ०७३ र ०७४ मा ७ सय २१ रहेको मुद्दा आ.व. ०७४ र ०७५ मा ८ सय ३९, आ.ब. ०७५ र ०७६ मा ९ सय ४२ र चालु आर्थिक वर्षको हालसम्ममा ६ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । यो आर्थिक वर्षमा मुद्दा हजार नाघ्ने अनुमान गरिएको न्ययधिश दिपक खनालले बताए ।

दुईजना न्यायधिस रहेको अदालतमा मुद्दा संख्या बढ्दो रहेपनि न्याय सम्पादन भने छिटो, छरितो र प्रभावकारी देखिएको छ । यस अलवा अदालतले निरन्तर सुनुवाई मुद्दा, वालवालिका सम्बन्धी मुद्दालाई प्राथमिकताका साथ हेर्ने गरेको छ । मेलमिलाप गर्न मिल्ने मुद्दालाई मिलापत्रकै निम्ति पहिलो प्रयास र पहलका लागि अदालतको भूमिका रहने पनि जनाइएको छ । सार्बजनिक गर्दै विगत चार आर्थिक वर्षको आँकडाबाट नयाँ दर्ता मुद्दाको संख्या बढ्दो अवस्थामा रहेको जनाएको हो ।

अदालतले छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुच अभिबृद्धि, न्यायिक सुशासनको प्रवद्र्धन, अदालत व्यवस्थापन सुदृढिकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिबृद्धिमा ध्यान दिदै हरेक किसिमको न्याय तथा कार्यसम्पादन अगाडि बढाएको छ । अदालतले हालसम्म गरेको न्याय तथा कार्यसम्पादन, पहल, प्रयास र उपलब्धीबारे जानकारी दिन बुधबार विहान पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *