उदयपुर । प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईलाई गृह जिल्लामा सम्मान गरिएको छ । किरात राई यायोख्खा जिल्ला कार्यसमित उदयपुरले सोमबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
खोटाङ्ग जिल्ला वुईपा उर्लेनीमा जन्मिएका राई पछिल्लो समय परिवारसहित उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा बस्दै आएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक भएपछि औपचारिक कार्यक्रममा पहिलोपटक सदरमुकाम आईपुगेका राईलाई यायोख्खाले सम्मान गरेको हो ।
सम्मानित राईले आफु यहीँ भुगोल र समुदायमा हुर्केर राष्ट्रको सेवा गर्ने अवसर पाएकोमा गौरवान्नित भएको बताउँदै बाँकी समय पनि सेवालाई अझ प्रभावकारी बनाउने बताए । आफ्नो समुदायले गरेको सम्मानको सम्मान गर्दै उनले राष्ट्रको सेवामा नयाँ सृजनशिल युवाहरुलाई अघि सार्नु पर्ने बताए ।
यायोख्खाका जिल्ला अध्यक्ष वलधन राईले भने, ‘पहिलादेखि नै सम्मान गर्ने तयारी थियो, उहाँको कार्यव्यस्तता र समय नमिलेकाले सकेका थियनौ, संयोग अवसर मिल्यो ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
भिडियोः–