एआइजी ठूले राईद्धारा उदयपुर जिल्ला प्रहरी भवन शिलान्यास

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको नयाँ भवनको सोमबार शिलान्यास गरिएको छ । नौँ करोड ३२ लाख ४६ हजार आठ सय एक रुपैँया ४५ पैसाको लागतमा निर्माण गर्न लागिएको भवनको शिलान्यास प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले गरे ।

कार्यालय, व्यारेक, हिरासत, स्टोर, इन्र्चाज र सिनियर अफिसर क्वाटर गरी २९ वटा कोठा रहेको तीन तले भवन १८ महिनामा सम्पन्न गर्ने गरी गत पुस ४ गते आषिस÷आर्शिवाद जेवि उदयपुरले जिम्मा लिएको उदयपुर प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले जानकारी दिए ।
भवनको शिलान्यास गर्दै अतिरिक्त महानिरीक्षक राईले भवन निर्माणसँगै उदयपुर प्रहरी संगठनले आप्mनोे गुणस्तरियतामा थप बृद्धी गर्ने बताए ।

उनले भौतिक संरचना, समयसापेक्षित उपकरण र स्रोतसाधनको अभावका विच प्रहरी संगठनले आफ्नो सेवालाई चुस्त र गुणस्तरिय बनाउन अब्बल रहेको दावि गरे । ‘राष्ट्रले सुम्पेको जिम्वेवारी पुरा गर्न नेपाल प्रहरी जस्तोसुकै अबश्थामा पनि तयार छ, उनले भने, ‘प्रहरी भित्र थुप्रै स्रोतसाधनका अभाव छन् तर पनि सेवा प्रवाहमा कुनै ढिलासुस्ति हुन दिएका छैनौ । राईले भूगोलअनुसार घटनाका विशेषता फरक–फरक हुने भएकाले सुक्ष्म ढंगले अध्ययन गरी दिएको जिम्वेवारी पुरा गर्न निर्देशन दिए ।

‘सिरहा, भोजपुर, खोटाङ्ग जिल्लासँग उदयपुरका विशेषता नमिल्न सक्छ, उनले भने, ‘पछिल्लो समय उदयपुरको समस्या लागुऔषध, घरेलु मदिरा, घरेलुहिंसा, महिला तथा बालबालिकामाथि हुने अपराध बढे्का छन्, त्यसलाई त्यहीँ प्रकारले अध्ययन गरी संगठनको उत्कृष्टता कायम राख्नुस । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध रहित समाज निर्माणका लागि योजना बनाई काम अघि बढाइएको बताए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका उपमेयर देविकुमारी चौधरीले भौतिक संरचना निर्माणले उदयपुरको शान्ति सुरक्षमा सघाउ पुग्ने बताईन् । प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले अभाव र जिर्ण भवनकाकारण बाबजुदपनि उदयपुर प्रहरीले गुणस्तरीय सेवा प्रवाह गरेको बताए । उनले अवको १८ महिना भित्र भवन निर्माण भै सकेपछि थप शान्तिसुरक्षा र अमनचयनमा सहज हुने बताए ।

मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः

भिडियोः–

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *