उदयपुर प्रहरीद्धारा बालबिबाह गर्ने बरबधु सहित अभिभावक पक्राउ

उदयपुर । उदयपुरमा बाल बिबाह गरेको आरोपमा एक जोडी बरबधु सहित अभिभावक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ बस्ने भूपध्वज कार्की र त्रियुगा नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष १९ की लेखाकुमारी थापा सहित अभिभावक पक्राउ परेका हुन् ।

बालबिबाह भईरहेको उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले बिबाह मण्डपबाटै बेहुला बेहुली र उनीहरुका अभिभावकलाई पक्राउ गरेको हो । प्रहरीले बेहुला २४ वर्षीय कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली लेखाकुमारी र उनका आमालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला बालबालिका तथा जेष्ट नागरिक सेवा केन्द्रका प्रमुख (असई) उमा गुरुङले बताईन् ।

बरबधु र अभिभावकलाई नियन्त्रणमा लिएलगत्तै स्थानीय बाल क्लब, स्थानीय जनप्रतिनिधि र प्रहरीसमेतको रोहबरमा बधुको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति गरेर बेहुला बेहुलीलाई अभिभावकको जिम्मा लगाइएको असई गुरुङले बताईन् । पछिल्लो मुलुकी संहिताले बिबाह गर्नका लागि युवतिको उमेर २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था गरे पनि तोकिएको उमेर नपुग्दै बिबाह गर्ने प्रचलन धेरै भएकाले कतिपय बरबधु बिबाह गरिरहेका बेला कोही मण्डपबाटै र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने गरेका छन् ।

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *