जिल्ला अस्पताल उदयपुरको सेवामा व्यापक गुनोस, नेकपा युवा नेताको टोलि निरिक्षणमा

उदयपुर । जिल्ला अस्पताल उदयपुरको अवस्था नाजुक भएको व्यापक गुनासो आउन थालेपछि नेकपाका युवा नेता तथा एन्फा प्रवक्ता किरण राई नेतृत्वको टोलिले बिहिवार अस्पतालको निरिक्षण गरेकोे छ । निरिक्षणपछि सामाजिक संजाल फेसबुक मार्फत आफ्नो नेतृत्वमा अस्पतालको निरिक्षण गरिएको नेता राईले जानकारी गराएका छन् ।

केहि फोटो सहित ‘स्टाटस’ लेखेका राईले अस्पतालको अवस्था सुधार गर्न सबै सरोकारवालाहरुलाई ध्यानाकर्षण गरिएको जनाएका छन् । उनले ‘अस्पताल निरीक्षण पछि आज हामी युबाहरुले जिल्ला अस्पताल उदयपुरको निरिक्षण गरियो, यो गरिब दुखी उदयपुरे खास गरि त्रियुगा नगरपालिकाका जनसमुदायले उपचारार्थ प्रयोग हुने अस्पतालको अबस्था सुधार गर्नको लागि आफ्नो ठाउँबाट के गर्न सक्छौ ?

समस्याको समाधानको लागि अस्पताल बिकास समितिका अध्यक्ष जि.स.स. प्रमुख खड्ग परियार तथा नगर प्रमुख बल्देब चौधरीको ध्यानाकर्षण गराइएको छ । साथै अबस्पताल ब्यबस्थापन प्रमुखलाई न्युनतम सरसफाई, अन्धकारमय अस्पतालको बत्ति मर्मत, अनावश्यक झाडी फडानी, सरकारबाट निःसुल्क उपलब्ध हुने ७० प्रकारको औषधी मध्य २५÷३० प्रकारको औषधी मात्र उपलब्ध भएको लगाएतका समस्या देखिएकोले एक साता भित्र सुधार गर्ने प्रतिबद्धता लियर आएका छौ ! यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले समाजिक अभियान थलिनेछ ! अस्पताल सुधारको लागि सबै जुटौ सबैमा अपिल गर्दछु !

तस्विर नेता राईको फेसबुकबाटः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *