उदयपुर । रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले एक सामुदायिक बन उपभोक्ता समितिको भवन बुधबार उद्घाटन गरेका छन् । अध्यक्ष खड्काले रौतामाई गाउँपालिका वडा नम्बर ७ स्थित घाङ्लेमा निर्मित अन्नपुर्ण सामुदायिक बन उपभोक्ता समितिको भवन उद्घाटन गरेका हुन् ।
यसरी समुहको लगानीमा भवन निर्माण भएसँगै स्थानीयबासिमा पनि खुसी छाएको छ । समुहको १४ लाख ६९ हजार ४ सय ३४ रुपैया लागतमा निर्मित गरिएको भवन सभाहल सहित दुई कोठा रहेको समुहका अध्यक्ष रामलाल तामाङले बताए । अध्यक्ष तामाङका अनुसार कार्यालय प्रयोजनका लागि एउटा कोठा र सय जनासम्म आट्न सक्ने एउटा सभाहल रहेको छ ।
कार्यक्रममा डिभिजन बन कार्यालय त्रिबेणीका प्रमुख उपेन्द्र प्रसाद पटेल, सामुदायिक बन महासंघका केन्द्रिय सदस्य भरत बहादुर थापा, सब डिभिजन कार्यालय भुट्टारका प्रमुख मनोज कुमार ठाकुर, सामुदायिक बन महासंघ भुट्टारका अध्यक्ष चेत बहादुर थापा, पत्रकार महासंघ उदयपुरका उपध्यक्ष भोटराज राई, सहसचिब गजेन्द्र राई, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य यामन दनुवार लगायतको उपस्थित रहेको थियो ।