किराँत राई सांस्कृतिक कलाकार संघको राष्ट्रिय सम्मेलन उदयपुरमा हुने

उदयपुर । किराँत राई कलाकारहको छाता संगठन ‘किरात राई सांस्कृतिक कलाकार संघ’ को पाँचौ राष्ट्रिय सम्मेलन उदयपुरमा हुने भएको छ । देशभर छरिएर रहेको स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बृहत सहभागितामा पुस १९ गतेदेखि गाईघाटमा अधिवेशन शुरु हुने भएको हो ।


पुस २१ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने केन्द्रिय अध्यक्ष राजुएन राई जानकारी गराए । अध्यक्ष राईका अनुसार अधिवेशनमा देशभरबाट डेढसय बडी प्रतिनिधि र उत्तिकै मात्रामा पर्यवेक्षकहरुको समेत सहभागिता रहनेछ । राष्ट्रिय सम्मेलनको पहिलो दिन अर्थात उद्घाटनसत्र सदरमुकाम गाईघाट बजारस्थित पिपलचोक (लोकतान्त्रिक चोक)मा हुनेछ ।

त्यस्तै २० र २१ गते बन्दशत्र चल्नेछ । बन्दसत्र गाईघाटको साकेलाटोलमा रहेको साकेला भवन परिसरमा हुने संघका केन्द्रिय सचिव राई नविनको भनाई छ । अधिवेशन सफल बनाउन शनिबार संघ र मातृसंगठन किराँत राई यायोक्खाका प्रतिनिधिहरुसँग व्यवस्थापनबारे सामूहिक छलफल गरिएको आयोजक अध्यक्ष राईले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *