“किरात चाम्लिङ दिखलीपाछा बंशावली” नामक पुस्तक सार्वजनिक (फोटो फिचर सहित)

त्रियुगा । किराँत राई चाम्लिङ अन्तर्गत “दिखलीपाछा”को वंशावली पुस्तक शनिबार सार्वजनिक गरिएको छ । आफ्ना पूर्खाहरुको इतिहास र बंशको बारेमा पछिलो पुस्तालाई जानकारी गराउने उद्देश्यले सो पुस्तक सार्वजनिक गरिएको हो ।

लामो समय लगाएर तयार पारिएको पुस्तकको सार्वजनिक तथा बिमोचन प्रदेश नम्बर १ का सांसद रामaकुमार राई ‘पासाङ’, अर्का सांसद कृष्णाकुमारी राई लगायतका अतिथिको हातबाट गरिएको आयोजक समितिका अध्यक्ष क्याप्टेन पर्शुराम राईले बताए ।

अध्यक्ष राईका अनुसार देशको बिभिन्न ठाउँहरुमा छरिएर बसेको आफ्नो बंशहरुको पुनरमिलन गराउने उद्देश्यले गरिएको एक कार्यक्रममा आफ्ना पूर्खा र बंशको ईतिहास समेटिएको “किरात चाम्लिङ दिखलीपाछा बंशावली” नामक पुस्तक बिमोचन गरिएको हो ।

कार्यक्रममा आफ्नो कुलमा जन्मेर राज्यको उच्च स्थानमा पुगेको भन्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सांसद रामकुमार राई ‘पासाङ’लाई दोसला र कदर पत्रले सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रमको बिशेष अतिथि रहेका अर्का सांसद कृष्णाकुमारी राईलाई पनि दोसला र कदर पत्रले अभिनन्दन गरिएको आयोजक समितिका सचिब चुडामणी राईले बताए ।

सचिब राईका अनुसार आफ्नो बंशमा रहेका ७० बर्ष नाघेका बृद्धबृद्धालाई समेत दोसला र कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रम जिल्लाको सदरमुकाम गाईघाट स्थित साकेलाथानमा गरिएको थियो ।

फोटो फिचरः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *