दुई विप्लब कार्यकर्ताद्वारा पार्टी परित्याग

उदयपुर । छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै उदयपुरमा नेकपा माओवादी विप्लब समूहका दुई नेताले परित्याग गरेको घोषणा गरेका छन् । जिल्लाको बेलका नगरपालिका ४ का पूर्णबहादुर तामाङ र त्रियुगा नगरपालिका १३ का निर्मल रेग्मीले पार्टी परित्याग गरेको घोषणा गरेका हुुन् ।

उनीहरुले विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । जिल्ला कमिटि सदस्य रहेका रेग्मीले आजकै दिनदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी सामान्य पारिवारिक जीवन जिउने विज्ञप्तीमा जनाएका छन् ।

तामाङले पनि अव उप्रान्त सो पार्टीको कुनै पनि गतिविधिमा संलग्न नरहने र स्वतन्त्र जीवन जिउदै घरपरिवारको हेरचाह गर्ने विज्ञप्तीमा जनाएका छन् । उनी पक्राउ परी थुनुवाको रुपमा जिल्ला कारागार उदयपुरमा थिए । रेग्मीलाई प्रशासनले अधिकारकर्मी, पत्रकार, आफन्तजनको रोहबरमा आजै छाडेको छ भने तामाङलाई मुद्दा प्रक्रिया पुरा गरी छाडिने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए ।

भिडियोः

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *