कर दिवसमा १० व्यवासायि सम्मानित

उदयपुर । आठौँ राष्ट्रिय कर दिवसको अवसरमा आईतबार उदयपुरका १० जना उद्योगी, व्यवसायि सम्मानित भएका छन् । गत आर्थिक वर्ष ०७५÷७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगी, व्यवसायि मध्ये एक सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट व्यवसायिलाई प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले सम्मान गरेका हुन् ।

कार्यालयले आयकर सबैभन्दा बढि तिर्ने हिमगिरी सप्लार्यस एण्ड टे«डस कटारीलाई सर्वाेत्कृष्ट घोषणा गरी सम्मान गरेको हो । हिमगिरीले सबैभन्दा बढि २३ लाख ५० हजार सात सय ५७ रुपैँया ९४ पैसा आयकर बुझाएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । अघिल्लो बर्षपनि हिमगिरी जिल्लाकै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिकोरुपमा सम्मानित भएको थियो ।

त्यसैगरी उत्कृष्ट कर तिर्नेहरुमा आशिष÷आर्षिबाद जेवी, हिमशिखर सप्लार्यस एण्ड टे«डस, कालिका सप्लार्यस एण्ड टे«डस, आशिष÷स्वामिनारायण÷आर्षिबाद जेवि, रौता÷सन्तोषी एपेक्स जेवि, एसके टे«डस, वरुवा निर्माण सेवा, रौता÷सन्तोषी जेवि र सगरमाथा आयल डिपो रहेको उनले बताए ।

कार्यालयले सबैभन्दा बढि आयकर तिर्ने, बाँकी वक्यौता र नियमिततालाई आधार मानेर व्यवसायि छनौट गरिएको प्रमुख बुढाथोकीले बताए । सप्ताह व्यापीरुपमा मनाउन लागिएको दिवसको पहिलो दिन आईतबार सदरमुकाम गाईघाटमा प्रभातफेरी पछि व्यवसायीलाई सम्मान गर्दै सम्पन्न भयो । कार्यालयले सोमबार व्यावसायि र कर्मचारी विच मैत्रीपूर्ण खेल र क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खड्काले कर सबैका लागि अनिवार्य शर्त रहेको बताए । उनले, कर राज्यले छुट दिने घोषणा वाहेक सबै र जहिले पनि तिर्नै पर्ने वाध्यता रहने बताए । कर छुट, मिनाह, छल्ने जस्ता कार्यभन्दा पनि समयमा तिरेर मैले तिरेको करले जनताले के लाभ प्राप्त गरे, विकास निर्माण के भए भन्ने कुराको हेक्का राख्नु पर्ने बताए ।

त्यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले कुल जनसंख्याका १० प्रतिशत मात्र करको दायरामा रहेको बताए । उनले २९ लाख जनशक्ति मात्र करको दायरमा रहेकाले बाँकीलाईसमेत करको दायरमा ल्याउन सुझाब दिए ।

कर कार्यालयका प्रमुख बुढाथोकीले आगामी दिनमा कर शिक्षा, घरैदैलो जस्ता अभियान सञ्चालन गरी छुटेका व्यपार व्यवसायलाई समेटिने जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्रकुमार भगत, उत्कृष्ट करदाता राकेश खत्री र अधिकारकर्मी नजवुल खानले बोलेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *