उदयपुर प्रहरीद्धारा अश्लिल क्रियाकलाप गर्ने होटल सञ्चालक सहित ८ जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट बजारको एक होटलबाट होटल सञ्चालक सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाईघाट स्थित सएके पेट्रोल पम्प पछाडी रहेको त्रियुगा नगरपालिका १० बस्ने होटाल सञ्चालक सुष्मा राई लगायत ८ जनालाई आईतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीको अनुसार राईद्धारा सञ्चालन भएको होटलमा अश्लिल क्रियाकलाप भईरहेको गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा होटल सञ्चालक राई सहित ५ जना पुरुष र ३ जना महिला रहेको छ । अहिले उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *