उदयपुर । १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एक युवालाई जिल्ला अदालतले बिहीबार ७ बर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले त्रियुगा नगरपालिका ९ गैरुनका २५ बर्षिय विनोद परियारले बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै ७ बर्ष कैद र पीडितलाई १५ हजार क्षतिपुर्ति भराउने गरी फैसला सुनाइएको हो ।
कसुरदारले २०७५ माघ २९ गते बलात्कार गरेको भन्दै पीडित पंक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । फागुन २६ गते पक्राउ परेका कसुरदारलाई अदालतले चैत्र २४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
Facebook Comments