उदयपुरमा ११ हजार प्रतिष्ठानमा करिव २८ हजार जनशक्ति

उदयपुर । आर्थिक गणनाले उदयपुरमा ११ हजार पाँच सय १५ प्रतिष्ठानमा २७ हजार आठ सय ९३ जनाले रोजगार पाएको देखाएको छ । रोजगार पाएका मध्ये १६ हजार दुई सय ७९ जना पुरुष र ११ हजार ६ सय १४ महिलाको संख्या रहेका छन् । आर्थिक कारोवार हुने प्रतिष्ठानमा सबैभन्दा बढि थोक तथा खुद्रा व्यापार मोटर गाडी, मोटरसाइकल मर्मतमा पाँच हजार नौँ सय २० वटा प्रतिष्ठान दर्ता छन् । ती प्रतिष्ठानमा महिला र पुरुष गरी १० हजार एक सय ७९ जनाले रोजगार पाएका छन् ।

त्यसैगरी रोजगारको हिसावले दोस्रोमा शैक्षिक क्षेत्रतर्फ पाँच सय ९३ विद्यालयमा पाँच हजार सात सय ९० जनशक्तिले रोजगार पाएका छन् । औधौगिक उत्पादनको क्षेत्रमा एक हजार तीन सय ७२ प्रतिष्ठानमा तीन हजार पाँच सय १२ जना जनशक्तिको खपत भएको देखाइएको छ । आवास सुविधा तथा खाना व्यवस्थामा दुई हजार एक सय ३० जना जनशक्ति रहेकाछन् । तथ्यांकले सबैभन्दा कम घर जग्गा कारोवार गर्ने प्रतिष्ठान एक वटा दर्ता भएको र रोजगार पनि एक जनाले मात्र पाएको देखाएको छ ।

प्रतिष्ठनामध्ये सबैभन्दा बढि सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिका क्षेत्रमा चार हजार एक सय ६९ मध्ये दर्ता भएका दुई हजार पाँच सय ३४ र एक हजार ६ सय ३५ वटा दर्ता विना सञ्चालनमा रहेका छन् । यो नगरपालिकामा ११ हजार ६ सय ९० जनशक्तिले रोजगार पाएका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा दुई सय ६७ प्रतिष्ठना मध्ये एक सय १२ वटा दर्ता र एक सय ५५ वटा विना दर्ता सञ्चालनमा छन् ।

यो गाउँपालिकामा ६ सय ९ जना जनशक्ति खपत भएका छन् । सञ्चालनमा आएका प्रतिष्ठानहरु मध्ये व्यवसायिक उदेश्यका लागि ऋण लिएका प्रतिष्ठानको संख्या तीन हजार आठ सय ९१, वित्तिय संस्थमा दुई हजार एक सय चार, वित्तिय संस्था वाहेकमा एक हजार सात सय ९६ वटाको ऋणमा पहुँच पुगेको जनाइएको छ ।

आर्थिक गणनाले नियमित आर्थिक तथ्यांकको आधार र मुलकलाई आर्थिक समृद्धीको दिसातर्फ अग्रसर बनाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने जिल्ला तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महत्तोले बताए । देशको आर्थिक अवश्था झल्काउने उदेश्यले तथ्यांक कार्यालयले जापान सरकारको सहयोगमा २०७५ बैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म देशभर एकैसाथ चार हजार पाँच सय गणक कर्मचारी खटाई नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *