अधिबक्ता खड्का सहित उदयपुरमा ६ जना पक्राउ

उदयपुर ।  तासको खालबाट उदयपुरमा अधिबक्ता सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको त्रियुगा नगरपालिका– ९ राजाबास स्थित स्थानीय बिशाल कार्कीको घरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– ८ बस्ने बर्ष ६० को कृष्ण बहादुर बस्नेत, सोहि ठेगाना भएको बर्ष ३४ को जयराम चौधरी, बर्ष ४५ को हिमाल खड्का र बर्ष ३७ को दिपक खत्री रहेका छन् । त्यसैगरि त्रियुगा नगरपालिका–९ बस्ने बर्ष ५७ को खुस बहादुर दनुवार र बर्ष ५० को बिर्ख बहादुर कार्की रहेका छन् ।

पक्राउ परेकाहरु मध्ये अधिबक्ता समेत रहेका हिमाल खड्का वकालत पेशामा आवद्ध छन् भने गैरसरकारी संस्था महासँघ उदयपुरको पूर्व अध्यक्ष हुन् । उनिहरुलाई आईतबार साँझ पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख (एसपी) बिर बहादुर बुढामगरले बताए ।

एसपी बुढामगरका अनुसार पक्राउ पर्नेहरुको साथबाट २५ सय ७० रुपैया नगद र ३ बुम तास बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *