आमा छोरीको हत्या गर्ने अभियुक्त सार्वजनिक, प्रेम असफल पछि हत्या गरेको बयान

उदयपुर । उदयपुर प्रहरीद्धारा आमाछोरी हत्यामा संलग्न एक युवालाई बिहिबार सार्वजनिक गरेको छ । घटनापछि शंकास्पद हाउभाउ र कुरा गर्ने क्रममा पक्राउ परेका साबिक सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ घर भई उदयपुर स्थित त्रियुगा नगरपालिका वडा नम्बर ३ मोतिगडा वस्ने वर्ष ४० को रामहरि साहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

साहलाई त्रियुगा नगरपालिका– ९ चौकीबारी बस्ने बर्ष ३० को गोमा भन्ने शारादा कुमारी चौधरी र उनको छोरी बर्ष ९ को रचना चौधरीको धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको आरोप छ । अभियुक्त साहले गत असोज २४ गते साँझ ७ बजे मृतकको घर गई हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) बीरबहादुर बुढामगरले बताए ।


एसपी बुढामगरका अनुसार आमाछोरीलाई घर भित्र रहेको भर्याङ्मुनी हत्या गरेको थियो । घटना भएको समय मृतक गोमाको श्रीमान् बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए भने १२ वर्षिय जेठी छोरी भावना चौधरी मामाघर गएकी थिइन् । मृतक गोभा र साह बीच फेसबुक मार्फत ०७३ सालदेखि चिनजान भएको प्रहरी अनुसन्धानका क्रममा साहले बयान दिएका थिए ।

अनुसन्धान र साहले बयानको क्रममा मृतक चौधरीले प्रयोग गरेको ४ वटा सिमकार्ड मध्ये ३ वटा आरोपित साहको नाममा रहेको एसपी बुढामगरले बताए । एसपी बुढामगरका अनुसार मृतक चौधरी र साह बिच लामो सयम देखि अबैध सम्बन्ध रहदै आएको खुलेको छ । प्रहरीको अनुसार साह र गोमा चौधरीको सम्बन्धको बारेमा साहका श्रीमति र घर परिवारले थाहा पाएपछि साहलाई घरबाट निकालिएको समेत एसपी बुढामगरले बताए ।

घरबाट निकालिएपस्चात साहले चौधरीलाई बिवाह गर्ने हिसाबले सिरहाबाट उदयपुर आएको भएपनि उनी नमानेको उनले बताए ।
प्रहरीले घटनाका अभियुक्त पत्ता लगाउनलाई धेरै मेहनत गर्नु परेको र प्रबिधिको सहयोगले घटना पत्ता लगाउन सहज भएको प्रहरी उपरिक्षक बुढा मगरको भनाई रहेको छ ।

घटना लगतै प्रहरीले पाँच दिनमा दुई सय जनालाई पक्राउ गरि अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक घनश्याम पोखरेलले जानकारी दिए । मृतक चौधरीलाई दशै अघि नै मार्ने योजना बनाएको भएता पनि अनुकुल नभएकाले दशै भित्र पारेको साहले दिएको साबित बयानमा उल्लेख छ । हत्या हुने दिन मलेशियाबाट श्रीमानले पैसा पठाएको थियो, पैसा निकालेर घर गएकी उनलाई साहले हत्या गरि उनले लगाएको कानको रिङ, गलको पुतली समेत प्रहरीले साहको कोठाबाट बरामद गरेको थियो ।

भिडियोः–

उदयपुर प्रहरीद्धारा आमाछोरी हत्याका अभियुक्तलाई सार्वजनिक । हत्याका अभियुक्तमा साबिक सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर–८ घर भई उदयपुर स्थित त्रियुगा नगरपालिका वडा नम्बर–३ मोतिगडा वस्ने वर्ष ४० को रामहरि साह रहेका छन् । उनलाई त्रियुगा नगरपालिका–९ चौकीबारी बस्ने बर्ष ३० को गोमा भन्ने शारादा कुमारी चौधरी र उनको छोरी बर्ष–९ को रचना चौधरीको धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्या गरेको आरोप छ ।

Gepostet von Nigrani Post am Donnerstag, 17. Oktober 2019

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *